जापानमा काम गरौं !

जाँच्ने चार्टमा जाने

CHART

सुरुमा, जापानमा काम गर्न सकिन्छ कि, चार्ट हेरेर चेक गरौं !

अक्सर सोधिने प्रश्नहरु

QUESTIONS

साँच्चै निःशुल्क हो?

हजुर, निःशुल्क हो। जापानमा निजी रोजगार एजेन्सीले काम खोज्ने व्यक्ति बाट पैसा लिन पाउने छुट छैन।

के कस्ता कामहरु छन्?

नर्सिङ्ग स्याहार सुसार, खाद्यसेवा उद्योग, उत्पादन जस्ता निवास स्थिति "निर्दिष्ट सीप भएको कामदार" अर्तरगत विभिन्न कामहरू छन्। "निर्दिष्ट सीप भएको कामदार" को बारेमा यहाँ हेर्नुहोस्।

जापानी भाषा सिक्न पाउने प्रबन्ध पनि छ?

हजूर। दक्ष जापानी भाषाको टिचर चिनाइ दिन्छौं। ( सःशुल्क) तपाईंकै लागि व्यक्तिगत रूपमा ध्यान दिएर जापानी भाषा उन्नति गर्न मदत गर्छन्।

दिनचर्या सहज बनाउन आवश्यक मदत पाइन्छ?

हजुर, तपाईंकै भाषामा हामी मदत दिन्छौं। काम र दैनिक जीवनमा केही अप्ठ्यारो परिस्थिति आएमा जहिले पनि हामीलाई मेल, Facebook वा फोनबाट सल्लाह गर्नुहोस्।

電話番号:03-6873-6845
Facebook : https://www.facebook.com/couragecom

मलाई ठगिन्छ कि भनेर चिन्ता लाग्छ।

Courage Co. Ltd. (株式会社カレッジ)जापान सरकारबाट अनुमति प्राप्त आधिकारिक निजी रोजगार एजेन्सी (व्यवसाय दर्ता न. :13-ユ-314024) हो। यो वेब साइटमा हेर्न सक्नुहुन्छ।
https://jinzai.hellowork.mhlw.go.jp/JinzaiWeb/GICB101010.do?action=transition&screenId=GICB101010&params=1

 साथै, काम गर्ने ठाउँले दिने महत्त्वपूर्ण जानकारीहरू सबै तपाईंकै भाषामा दिइनेछ। सरसल्लाहको लागि ढोका सधैं खुला रहने भएकोले ढुक्क हुनुहोस्।

निवेदन फाराममा जाने

FORM

हामी मदत गर्छौं !

CAREER ADVISOR STAFF

चन्द्र थापा

नमस्ते ! म चन्द्र थापा। म अहिले जापानमा बस्छु। मेरो श्रीमती जापानी हो। हामीले विवाह गरेको 23 वर्ष भयो। जापानमा बस्न थालेको चाहिं 6 वर्ष भयो। जापानमै भएका र नेपालबाट जापानमा आएर काम गर्न चाहनेहरूलाई उचित प्रकारको काम पाउन मदत गर्न चाहन्छु। जापानलाई तपाईं जस्तो मेहेनती, मिलनसार र दयालु व्यक्तिको एकदमै जरुरत छ। तपाईंको लक्ष्य पक्कै पनि चुनौतिपूर्ण छ तर चुनौतिको पछाडि नै अक्सर सफलता लुकेको हुन्छ। तपाईंको जापान आउने सपना साकार होस्।

मामी थापा (शिबाता)

नमस्ते। मेरो नाम मामी थापा (शिबाता) हो। नेपाल र मेरो इतिहास लामो छ, अनि सम्बन्ध गाढा छ। हामीले विवाह पछि 17 वर्ष नेपालको विभिन्न ठाउँमा बितायौं। ती वर्षहरुलाई फर्केर हेर्दा ममा कुनै पछुतो छैन। मेरो अनुहार जापानी, मन पर्ने खानेकुरा नेपाली, अनि मेरो मन पनि नेपाली ! तपाइँजस्तो मेहेनती, मिलानसार र दयालु व्यक्तिसँग भेटेर साथी बन्न चाहन्छु। हाम्रो मित्रता तपाईंको उज्जवल भविश्यको ढोका खोल्ने साँचो साबित होस्।